मर्दि हिमालको आकर्षण मह भिरमा ‘हनि हन्टिङ’
पाेखरा | जेठ २७, २०८०
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा न ९ स्थित मर्दि खोलाको आधार शिवरमा पर्ने ठुलो भिर तथा कोप्रे भिरमा हनि हन्टिङ गरिने भएको छ । २५ मिटर र पाँच सय मिटर अग्लो रहेको उक्त दुई भिरमा भिर मह काटन लागिएको हो । हालसम्म गर्मि रहेकाले मह काट्न लागिएको हो ।
सिधिङ युनाइटेड क्लबको आयोजनामा हुन गईरहेको दुई दिने मह काट्ने कार्यक्रममा माछापुच्छे« गाउँपालिका वडा नं।९ को समन्वयमा हुन लागेको हो । माछापुच्छे« ९ का वडा अध्यक्ष हरि बहादुर क्षेत्री (राजेन्द्र)ले जेठ असारमा मह भिर मौरिको सिकार गर्नु निकै चुनौति र जोखिमपूर्ण रहेको बताए ।
‘यो जेठ असारमा काटेको भिर मौरि अलि खतरा मानिन्छ । किनकि यो बेलामा, जगलमा प्राकृतिक रुपमा फुल्ने विभिन्न फुलहरुका कारण र भौगोलिक रुपमा पनि अझ यो बढि उचाइमा रहेको कारण यसलाई लाग्ने महको रुपमा पनि लिईन्छ’ उनले भने, ‘यसका लागि वडाले समन्वय गरिरहेको छ । यो पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्छ ।’
उनका अनुसार भिरमा प्राचिन तरिकाले जसरी मह काटिन्थ्यो त्यसरी नै काटिने छ । जुन कुरा नयाँ पुस्ताका लागि नौलो हुनेछ । मर्दि हिमाल ट्रेक तथा माछापुच्छ्रे नमुना पैदल मार्गको सगंम स्थान भनेर बुझिएको मह भिर पदमार्गमा आउने पर्यटकका लागि समेत नयाँ गन्तव्य हुनसक्ने उनले बताए । मौरीको मह काट्नका लागि चिना हेराई भिरमा भेडाको पाठोको भोक दिने प्रचलन पनि चल्दै आएको छ ।
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबारसम्म त्यहाँ १३ लाख बढीको आलु कारोबार भएको छ । महोत्सव मध्येतिर आउँदा त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ । पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने...
राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ । महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

